कुलेखानीमा यही शनिबार ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुने

ताम्सालिङ खबर
५ फाल्गुन २०७७, बुधबार २२:४५

फाल्गुन, हेटौडा (कुलेखानी) – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउपालिकाको कुलेखानीमा ल्होछार बिशेष बृहत कार्यक्रम हुने भएको छ ।

तामाङ समुदायको राष्ट्रिय पर्ब २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग)को अबसरमा कुलेखानी तामाङ समाजको आयोजनामा यही फाल्गुन ८ गते शनिबार दोस्रो ल्होछार बृहत सास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा हुने भएको हो ।

स्थानीय पर्यटन प्रबर्द्धनको लागि सास्कृतिक पर्ब ल्होछारलाई आफ्नो घर-आगनमा मनाउने उदेश्यले कार्यक्रमको तयारी भएको कार्यक्रम संयोजक एबम समाजका अध्यक्ष बिरेन गोलेले बताउनु भयो ।

दोस्रो ल्होछार सास्कृतिक कार्यक्रम सफल बनाउन राष्ट्रिय कलकारहरु बिजय लामा, लोकेन लामा, जोगलाल लामा, अशोक तामाङ, रञ्‍जित लामा, रबिन्द्र लामा, प्रेम लामा, अरुण तितुङ, सिजम मगर लगायतको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक गोलेले बताउनु भयो । त्यस्तै, डान्सिङ ग्रुप भीमफेदी गाईजको दमदार नृत्य समेत हुने आयोजकले जनाएको छ ।

इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकी हुने, तामाङ भेषभुषा, मौलिक खाना लगायतको स्टलहरु समेत रहने आयोजकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*