कुलेखानी तामाङ समाजद्वारा ल्होछार सास्कृतिक कार्यक्रम भब्य मनाइयो (फोटो फिचर)

ताम्सालिङ खबर
९ फाल्गुन २०७७, आईतवार ०६:३७

फाल्गुन, हेटौडा (इन्द्रसरोबर) – उत्तरी मकवानपुरको कुलेखानीमा तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) को अवसरमा दोस्रो ल्होछार विशेष सास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा भब्यताका साथ सम्पन्न भएको छ ।

कुलेखानी तामाङ समाजद्वारा आयोजित शुभकामना आदानप्रदान, ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम तथा शान्ति पुजा सभ्य र भब्य रुपमा इन्द्रसरोवर गाउपालिकाको वडा नं २ कुलेखानीको टोड्केमा शनिबार सम्पन्न भएको हो ।


स्थानीय पर्यटन प्रबर्द्धनका लागि सञ्चालित ल्होछार संस्कृतिक कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कलाकारहरु बिजय लामा, लोकेन लामा, जोगलाल लामा, रञ्‍जित लामा, अशोक तामाङ, रबिन्द्र लामा, प्रेम लामा, सिजम मगर लगायतको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको बेजोड प्रस्तुति समेत रहेको थियो । साथै कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकि प्रदर्शन, तामाङ भेषभुषा र स्टलहरु रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै वड नं.४ का वडाध्यक्ष धनविर स्याङ्तानले तामाङहरु नेतृत्वमा पछाडी भएको औल्याउँदै आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट भएर लाग्नु पर्ने बताए । यस्तै वडा नं १ का वडाध्यक्ष जमान सिं वाईवाले पर्यटकिय स्थल इन्द्रसरोवरमा तामाङ संस्कृतिलाई देखाएर पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय सरकार र होटल व्यवसायी संघले समन्वय गरि अघि बढ्ने बताए ।

इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाले वार्षिक रुपमा एउटा कार्यक्रम गरेर तामाङहरुको स्तर उन्नति नहुने बताउदै तामाङहरुको स्तर उन्नति र विकासको लागि योजना लिएर आएमा गाउँपालिकाले सहयोग गर्ने बताइन् । उनले तामाङहरुले कुसंस्कार र चलनहरुलाई छोड्दै अघि बढ्न समेत आग्रह गरे ।

गाउँपालिकाको अध्यक्ष जीवन लामाले वीर तामाङहरुले तामाङहरुको अधिकारका लागि जीवन दिएका कारण अहिले तामाङहरुको अस्तित्व बाँकी रहेको बताउदै अब एकता कायम गर्न नसकेमा अस्तित्व खतरामा पुग्न सक्ने भएकाले तामाङहरु आपसमा लड्ने नभई सबैको अधिकारका लागि लड्ने समय आएको बताए । साथै तामाङ तथा जनजातिको हक अधिकार र संस्कृतिको लागि गाउँपालिकाले सधै सहयोग गर्ने बताए ।

कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विभिन्न सहयोगीमनहरुबाट करिब तीन लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिका अध्यक्ष बिरेन्द्र गोलेले बताए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*