ल्होछार कार्यक्रमको समिक्षा सहित सम्मान पत्र तथा मायाको चिनो वितरण कार्यक्रम सम्पन्न
फाल्गुन, हेटौडा – मकवानपुर तामाङ कलाकार संघको आयोजनामा राष्ट्रिय पर्ब २८५७ लाङ ल्हो(गाई वर्ग) को अवसरमा आयोजित ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रममा बिभिन्न तहबाट योगदान दिनु हुने व्यक्तित्वलाई आज एक कार्यक्रमका बीच सम्मान तथा मायाको चिनो वितरण गरिएको छ ।
गत माघ ३० गते भएको ल्होछार कार्यक्रमको समिक्षा सहित आर्थिक देखि भौतिक सम्म सहयोग गर्ने विभिन्न तहबाट तामाङ भाषा सस्कार सस्कृति जगेर्ना गर्न योगदान दिने व्यक्तिहरु कलाकर्मी, संचारकर्मी, बुद्धिजिबी, ल्होछार कार्यक्रमको लागि प्रायोजन गर्ने गोर्खा ब्रोअरी, सह-प्रायोजक रिद्धिसिद्धि सिमेन्टका प्रतिनिधि लगायतलाई मायाको चिनो सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको हो ।

सोही कार्यक्रममा मकवानपुरको पहिलो लोकगायक सोमबहादुर घलानलाई संघले नगद २५ हजार सहित सम्मान पत्रले सम्मानित गरेको छ । छेरेंगाईन गीतको सर्जक गायक सुन्दर लामा, संचारकर्मीद्वय दिलबहादुर लामा, संदेश थिङलाई समेत सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।

संघको अध्यक्ष धिरेन लामाको सभाध्यक्षमा भएको कार्यक्रममा, तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर, अधिबक्ता अमृत लामा, जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सानु लामा दोङ, नेपाल तामाङ युवा घेदुङको प्रशिक्षण बिभागको प्रमुख सबिन मुक्तान, घेदुङको जिल्ला सदस्य सुरेस लामा, हेटौडा वडा नम्बर १० का वडा सदस्य धरम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

ताम्सालिङ खबर 




