मकवानपुरे स्रस्टा लोकगायक सोमबहादुर घलान सम्मानित

ताम्सालिङ खबर
१५ फाल्गुन २०७७, शनिबार २२:५९

फाल्गुन, हेटौडा – मकवानपुरे स्रस्टा अग्रज लोकगायक सोमबहादुर घलान सम्मानित भएका छन् । मकवानपुर तामाङ कलाकार संघको आयोजनामा शनिबार भएको ल्होछार कार्यक्रमको समिक्षा, सम्मान पत्र तथा मायाको चिनो वितरण कार्यक्रममा लोकगायक घलान नगद २५ हजार रकम सहित सम्मान पत्र र खादाद्वारा सम्मानित भएका हुन् ।

‘आलु र तामा हजुर, छेपारोलाई जामा’ बोलको कालजयी गीतका स्रस्टा घलान बिगत ९ वर्ष देखि बिरामी थिए । पछिल्लो समयमा स्वास्थ्यमा केहि सुधार भएपछी उहाँ श्रीमती र छोराको साथमा कार्यक्रममा सहभागी भै सम्मान पत्र लिनु भएको हो । रेडियो नेपालमा २०३२ मा उनले रेकर्ड गरेको गीत ‘आलु र तामा… पछिल्लो पुस्तामा पनि जिब्रोमा झुन्डिएको एउटा लोकप्रिय गीत हो ।

गत माघ ३० गते संघको आयोजनामा राष्ट्रिय पर्ब २८५७ लाङ ल्हो(गाई वर्ग) को अवसरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रममा समय अभाबका कारण छुटेका बिभिन्न तहबाट योगदान गर्नु हुने व्यक्तित्वलाई शनिबार एक कार्यक्रमका बीच सम्मान पत्र तथा मायाको चिनोद्वारा सम्मानित गरिएको  हो ।

संघको अध्यक्ष धिरेन लामाको सभाध्यक्षमा भएको कार्यक्रममा, तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर, अधिबक्ता अमृत लामा, जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सानु लामा दोङ, नेपाल तामाङ युवा घेदुङको प्रशिक्षण बिभागको प्रमुख सबिन मुक्तान, ह्याङ्ला तामाङ समाजको अध्यक्ष आत्माराम मोक्तान, घेदुङको जिल्ला सदस्य सुरेस लामा, हेटौडा वडा नम्बर १० का वडा सदस्य धरम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*