लदी पर्वको अवसरमा आज सार्वजनिक विदा

ताम्सालिङ खबर
१८ फाल्गुन २०७७, मंगलवार ०७:३३

फाल्गुन, हेटौडा (बकैया) – पुर्बी मकवानपुरको बकैया गाउँपालिकामा आज मंगलबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले स्थानीय आदिवासी जनजाति माझी समुदायले मनाउने लदी पर्व अर्थात कोशी पुजाको अवसरमा आज सार्वजनिक विदा दिएको सूचनामा उल्लेख छ ।

फागुन ६ गते बसेको कार्यपालिका बैठकले लदी पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । आज बिदाको दिनमा गाउँपालिका भरीका विद्यालय, वडा कार्यालहरु र पालिका अन्तरगतका कार्यालयहरु बन्द रहने छन् ।

पर्वको अवसरमा बकैया ४ जुरेलिमा बृहत सांस्कृतिक एवं शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना आज हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*