मनहरीको चेपाङ्ग बस्तीमा लत्ताकपडा वितरण
फाल्गुन, हेटौडा (मनहरी) – मनहरी गाउपालिका वडा नम्बर ६ मा रहेको चेपाङ्ग बस्तीमा कपडा वितरण गरिएको छ ।
गोर्खा निबासी पवन खनालले पठाएको १ सय ५० थान लत्ताकपडा स्थानीय समाजसेबी ईश्वर थापाको नेतृत्वमा सो बस्तीमा २३ घरधुरीको लागि वितरण गरिएको हो ।
कपडा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि ६ नम्बर वडाका वडा सदस्य प्रेक चेपाङ, नीर बहादुर चेपाङको उपस्थिति रहेको थियो ।






