रेडक्रस सोसाइटी मकवानपुरको ५३ औं वार्षिक साधारण सभा सम्पन्न
फाल्गुन, हेटौंडा – नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा मकवानपुरको ५३ औं वार्षिक साधारण सभा बिहिबार मकवानपुरगढीको धादिङमा सम्पन्न भएको छ ।
रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, रेडक्रसका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, डिएलपीआइयु शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, तत्कालिन जिल्ला विकास समितिका पूर्व उपसभापति बद्री लंसाल लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको हो ।






