पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हट्यो

तामसालिङ खबर
६ चैत्र २०७७, शुक्रबार १२:४५

चैत्र, काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप लगाएका वा ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने पर्यटकहरुका लागि क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको कार्य विधि पास गरे सँगै खोप लगाएर र ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका पर्यटकहरु सिधै घुम्न जान पाउने भएका हुन् ।

यस्तै पर्यटकहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने समेत निर्णय भएको छ । पर्यटनमन्त्री भानुभक्त ढकालले पर्यटकहरुलाई नेपालमा सहज प्रवेश दिनका लागि क्वारेन्टाइनको व्यवस्था हटाउने र अनराइभल भिसा दिने निर्णय भएको जानकारी दिए ।

हाल नेपाल आउन चाहने पर्यटकले ट्राभल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा निकायको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने नियम रहेको छ ।

यस्तै नेपाल आउँदा विदेशी पर्यटकहरुले ५ हजार डलरको कोरोना बिमा समेत गर्नुपर्ने प्रावधान हटाएको छ । अब पर्यटकले यात्रा बिमा मात्र गरे पुग्नेछ ।

व्यवसायीहरुले सरकारसँग लामो समयदेखि पर्यटकका लागि नेपाल आउन खुला गरेसँगै अनराइभल भिसा सहज बनाउनु पर्ने,कोभिडको खोप लगाएकालाई क्वारेन्टाइनमा राख्न नपर्ने व्यवस्था गर्न र कोभिडको बिमा हटाउनु पर्ने माग राख्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*