कलेजोको समस्या भएका मोक्तानद्वारा आर्थिक सहयोगको अपिल

तामसालिङ खबर
९ चैत्र २०७७, सोमबार १७:३५

चैत्र, हेटौडा (थाहा नगर) – कलेजोमा समस्या भई उपचाररत थाहा नगरपालिका वडा नम्बर ७ का वीर बहादुर मोक्तानका परिवारले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका मोक्तान बिगत एक बर्ष देखि बिरामी भएको र हाल उपचारको लागि पाटन स्वास्थ बिज्ञान प्रतिस्ठानमा भर्ना गरिएको छ । उपचारका क्रममा धेरै खर्च लाग्ने भएको र उपचार खर्च जुटाउन समस्या भएकोले सबैसंग सहयोगको अपिल गरेको बिरामीको भाइ जयराम मोक्तानले बताउनुभयो ।

बिरामीको मोक्तानको २ छोरा १ श्रीमती रहेको र २ छोराहरु बिद्यालय तहमा अध्ययन गरिरहेकाले पनि आम्दानीको अन्यश्रोत नभएको हुँदा सकेको सहयोग गर्न थाहा नगरपालिका वडा नंं. ७ का वडा सदस्य दिपेन्द्र कुमार थिङले सबैमा अनुरोध गर्नुभयो ।

साथै सहयोग गर्नका लागि बिरामीको भाइ जयराम मोक्तानको मोबाइल नम्बर ९८६०२१३०९७ र ९८४५७८३४५२ मा सम्पर्क गर्न समेत वडा सदस्य थिङले अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*