रात्री बसलाई ट्राफिकले १० हजारको चिट काटेपछि
चैत्र, काठमाडौं – नयाँ बसपार्कमा रात्रि बससलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दाेलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् ।
यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
रात्रि बसले कुनै गल्ती नगरे पनि ट्राफिकले चिट काटेपछि बस संचालकहरूले बस पार्क पुग्नु अगावै गाेंगबुमा सडकमै बस रोकेर हिँडेका छन् । साेही कारण बसहरूकाे जाम लागेर रिङराेड अवरूद्ध भएकाे हाे ।

ताम्सालिङ खबर 




