सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

ताम्सालिङ खबर
९ चैत्र २०७७, सोमबार २०:११

चैत्र, हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न अनुरोध गरेको छ ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अनुरोध गरेको हो ।

प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*