नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १८२ जना पुग्यो

तामसालिङ खबर
१२ चैत्र २०७७, बिहीबार १३:१५

चैत्र, हेटौंडा – नेपालमा थप १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

यो संगै नेपालमा हालसम्म २ लाख ७६ हजार ३ सय ८९ जना संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९० जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म २ लाख ७२ हजार १ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*