सिमलटार टोल विकास सस्थामा तेस्रो पटक मगर
चैत्र, हेटौंडा – हेटौंडा उपमहानगरपालिका ११ स्थित सिमलटार टोल विकास संस्थाको नवौं वार्षिक साधारण सभाले मधुकुमार थापा मगरलाई तेस्रो पटक पनि सर्वसम्मत अध्यक्ष पदमा चयन गरेका छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा संगिता सिकारी मगर, कोषाध्यक्षमा मनिषा चुनी मगर, सदस्यहरुमा सूर्यमान लामा, सिताराम श्रेष्ठ, लक्ष्मी लामा, लक्ष्मी भण्डारी, सुन्दर श्रेष्ठ, टंक बहादुर गुरुङ सर्व सम्मत निर्वाचित भएका छन् ।
मधु थापा मगरको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अथिति हेउमनपाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता, हेउमनपा वडा नं. ११ का अध्यक्ष गोकर्ण पराजुली, हेउमनपा सामाजिक विकास अधिकृत हिमप्रसाद पौडेल हेटौंडा वडा नं. ११ का सदस्य रामचन्द्र न्यौपाने, जुना दाहाललगायतकाको आतिथ्यता रहेको थियो ।






