कपडा ब्यबसायीको आयोजनामा दिवा खाजा र कपडा वितरण
चैत्र, हेटौडा – कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको आयोजनामा दिवा खाजा तथा कपडा बितरण गरिएको छ ।
संघको दशौँ स्थपना दिवसको अवसरमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै संघले हेटौँडा उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको दिव्य सेवा निकेतनमा वृद्ध वृद्धाहरुको लागि कपडा र खाजा हस्तान्तरण गरिएको हो ।
समाजमा रहेका वृद्धवृद्धा आमा बुबाहरु मध्य केही आमा बुबाहरु आश्रित रहेको निकेतनमा संघका अध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्यहरु सहितले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष तेजराज अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अनिल अग्रवालको प्रमुख आतिथ्यता निकेतनका केन्द्रिय अध्यक्ष टिआर निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निकेतनका जिल्ला अध्यक्ष यादव गजुरेल, संरक्षक सुनिता बाईजि, सल्लाहाकार केदार न्यौपाने, व्यवसायी संघका निवर्तमान अध्यक्ष समिर लाल डंगोल लगाएतको आतिथ्यता रहेको थियो ।
व्यवसायी संघको तर्फबाट सामाग्री हस्तान्तरण गर्दै खुसी व्यक्त गरेका थिए भने कार्यक्रममा कपडा व्यवसायहरुको समेत उपस्थिति रहेको थियो ।