मकवानपुरका सिडिओ रिजालको सरुवा
चैत, हेटौंडा – मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ । सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा तथा पदस्थापन गरे संगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो ।
मकवानपुरमा भने गृह मन्त्रालयबाट भरतमणी पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन । रिजालको भने गृह मन्त्रालय सरुवा भएको छ ।
बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सह-सचिव सहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।






