दोलखामा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु

तामसालिङ खबर
३१ चैत्र २०७७, मंगलवार ०७:४६

चैत्र, चरिकोट – दोलखामा सोमबारराति भएको जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका–४ सिँगटीमा दुर्घटना भएको हो ।

सिँगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जीप गएराति साढे १० बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।

जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षका विनोद केसी, ४५ वर्षका अजिता खत्री, ५२ वर्षका राधा खड्का र २४ वर्षया चन्दिका थापा रहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका १८ जना घाइतेमध्ये १० जनालाई राति नै काठमाडौँ पठाइएको र अन्यको सदरमुकाम चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*