मकवानपुर जागरण अभियानद्वारा नवनिर्वाचित पत्रकारको स्वागत तथा सम्मान
चैत, हेटौंडा – मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।
अभियानले मंगलबार एक कार्यक्रमको आयोजन गर्दै नवनिर्वाचित पदाधिकारीलाई ढाका टोपी, माला लगाएर सम्मान गरेको हो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष मणिराज गौतम सहित अभियानका सदस्य अच्युत चालिसे, राजन न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य, महासंघका प्रदेशका पदाधिकारी, मकवानपुर शाखाका पदाधिकारीहरु, पत्रकार गिरिजा अधिकारी, कलाकार अमिर गौतम, लगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य उपस्थित रहेको थियो ।

ताम्सालिङ खबर 




