नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

तामसालिङ खबर
३१ चैत्र २०७७, मंगलवार ११:१५

चैत्र, काठमाण्डौ – नेपालमा पहिलो पटक आयोजना हुन लागेको फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले जनाएको छ । वैशाख ११ गते हुने उद्घाटन खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । वैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*