नयाँ बर्षको अवसरमा पुष्पजन्ली आमा समूहद्वारा शुभकामना आदानप्रदान
बैशाख, हेटौडा – हेटौडा उपमहानगरपालिका – ९ मास्टर चोकमा रहेको पुस्पान्जली आमा गस्ती समूहले नयाँ बर्ष २०७८ सालको शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान-प्रदान कार्यक्रममा समूहको अध्यक्ष कल्पना थापा मगर, उपाध्यक्ष धन मोक्तान, सचिब शुसिला गौतम र कोषाध्यक्ष तथा विभिन्न सामाजिक काममा रहेका सामाजिक अभियान्ता सानु कार्की खड्का लगायतका महिलाहरुको उपस्थित रहेको थियो ।
टोलमा लागु औषधी दुर्बेसनी र मदिराजन्य पदार्थ सेवन गरी आफ्नो श्रीमती तथा बालबालिका माथि हातपात गर्ने, मदिराजन्य पदार्थ सेवन गरी अरुसँग झगडा गरेर टोलको नाम बिगारेको हुनाले यहाँ महिला गस्ती समूह बनाइ पुन:राती गस्ती गर्न सुरुवात गरेको समूहको अध्यक्ष कल्पना थापा मगरले बताउनु भयो ।
हामीले विगत चार वर्षदेखि यो कार्यक्रमलाई निरन्तर गरि रहेको छौं भने विगतको वर्षमा कोरोना भाइरसको कारणले घरभित्र थुनेर बसेपनि विभिन्न सामाजिक कामहरुमा हातेमालो गर्दै आइरहेका छौ । हाम्रो हातमा भएको लट्ठी हान्न मात्र होइन बचाउनलाई पनि उपयोगमा आउन सक्छ । उहाले भन्नु भयो ।

ताम्सालिङ खबर 




