सात पत्रकारले पाए कोरोना विमा बापतको रकम

ताम्सालिङ खबर
१ बैशाख २०७८, बुधबार १८:२५

बैशाख, हेटौंडा – मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाएका छन । २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने क्रममा ७ जना पत्रकार कोरोना संक्रमित भई कोरोना बिमा बापत पाउनुपर्ने १ लाख रुपैयाँ पाएका हुन ।

पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत कोरोना बिमा बापत पाउने १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

कोरोना बिमा बापत रकम पाउनेमा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासंघ पुर्व सदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल रहेका छन।

फ्रन्टलाईनमा काम गर्ने पत्रकारमा कोरोना जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुरमा आवद्ध पत्रकारहरुको १ लाखको कोरोना बिमा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*