रुसी दूतावासद्वारा सगरमाथा आरोही टोलीलाई झण्डा हस्तान्तरण

ताम्सालिङ खबर
२ बैशाख २०७८, बिहीबार १२:४७

बैशाख, काठमाडौं – नेपालका लागि रुसी राजदूत एए नोभिकोवले सगरमाथा आरोहणका लागि काठमाडौं आइपुगेको रुसी आरोहण टोलीका सदस्यहरुलाई सफलताको कामना व्यक्त गरेका छन् ।

काठमाडौं स्थित रुसी दूतावासमा ती आरोहीका लागि एउटा भोजको आयोजना गरिएको थियो । सगरमाथा र ल्होत्से हिमालहरुको आरोहण गर्ने भनिएको उक्त टोलीमा बेलारुस, किर्गिस्तान, उज्वेकिस्तान र इजरायली प्रतिनिधि सहभागि थिए ।

राजदूत नोभिकोव, पत्नी आलिना बारिसोभ्ना र रुसी हाउसकी निर्देशक युलिया आन्द्रोसेभाले शुभकामना दिए । राजदूतले सो अवसरमा आरोही टोलीलाई दूतावासका तर्फबाट रुसी राष्ट्रिय झण्डा, रुसी विदेश मन्त्रालयको पेनमेन्ट प्रतीक प्रदान गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*