गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ

ताम्सालिङ खबर
३ बैशाख २०७८, शुक्रबार ०८:०४

चैत्र, काठमाडौं – गएराति देशका धेरै ठाउँमा हुरी बतास सहित चट्याङ परेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम सहित प्रदेश–१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार चट्याङ सहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि–मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनु  भयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि–मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

अबको केही दिन भने प्रि–मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर, प्रि-मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।

यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ ।

प्रि–मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्ण रुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*