राक्सिराङको पन्जनीमा बिद्युत बिस्तार, ६५ घरधुरी लाभान्वित

दिलबहादुर लामा
४ बैशाख २०७८, शनिबार १६:२६

बैशाख, हेटौडा (राक्सिराङ) – पश्चिम मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ४ पन्जनीमा शुक्रबारबाट बिजुली पुगेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा बिजुलीको बत्ती स्विच अन गरेर उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रममा बोल्नुहुँदै संसद ग्लानले, स्थानियबासीको सक्रिय सहभागीतामा पन्जनीका जनताले बिजुली बत्ती बाल्न सफल भएको छ । अब अन्य ठाउका जनसमुदायले पनि पन्जनीका जनाताको जस्तो सक्रियता बढाउनुपर्ने भन्दै स्थानीयबासीलाई बधाई तथा शुभकामना दिनुभयो । हाम्रा यस्ता अन्य कैयौ गाउ बस्तिहरु छन, जहाँ बिजुली पुगेको छैन, त्यता पनि सक्रिय भई बिजुली बत्ती बाल्नुछ । संसद ग्लानले भने ।

गाउँमा १४ बर्ष सम्मको निरन्तर प्रयासबाट विभिन्न आरोहअवरोह पार गर्दै अहिले बिजुली बाल्न सफल हुँदा बिजुली बत्ती बिस्तार योजनाका अध्यक्ष मधु थिङले स्थानीयलाई धन्यवाद दिदै खुसी ब्यक्त गरे ।

गाउँमा बिजुली नहुँदा जनजीवनमा धेरै समस्या परेको थियो, भौगोलिक बिकटता भएकै कारण हामी पछि पर्यो । अहिले बिजुलीको आपूर्ति भए संगै केही काम गर्न सकिने र अबको दिनमा बालबालिकाहरुले आधुनिक शिक्षण सिकाईमा सहभागी हुने अवसर पाउने भएको स्थानिय टिकाराम थिङले बताउनु भयो ।

१४ बर्षको अबधि सम्ममा पनि बिजुली बत्ती बाल्न नसक्नुमा बिधुत प्राधिकरणको कमी कमजोरी भएको स्विकार्दै भौगोलिक रुपले बिकट भएतापनी हामी अहिले सफल भएको फ्युज शाखा मनहरीका प्रमुख हरीप्रसाद रुपाखेतीले बताउनु भयो । अब बिजुली बत्ती बाल्ने क्रममा बिजुलीको पोल छेउ-छाउ नगईदिनुहुन र सम्भाबित दुर्घटनाबाट जोगिनु पर्ने र बिजुलीको प्रयोग सही ढंगले प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

वडामा विभिन्न बिकासका योजनाहरुको काम गर्दै-गर्दा कार्यकालको ४ बर्षको अबधिमा बिजुली बत्ती बाल्न सफल भएको छ । अब वडाको अन्य भेग जहाँ बिजुली बिस्तार भएको छैन त्यस ठाउको लागि चाडै प्रक्रियामा जाने वडा नम्बर ४ का वडाअध्यक्ष सञ्जय कोईरालाले बताउनु भयो ।

बागमती प्रदेशको प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष सञ्जय कोईराला, नेकपा (माओबादी केन्द्र) राक्सिराङको इन्चार्ज बनस्तम थिङ, फ्युज शाखा मनहरीका प्रमुख हरीप्रसाद रुपाखेती, मनहरी एफएमका पत्रकार उमेश राई, पत्रकार जयराम मुक्तान लगायतको आतिथ्यतामा बिद्युत बिस्तार योजनाका अध्यक्ष मधु थिङको सभाध्यक्षतामा भएको थियो ।

नवबर्षको आगमन सँगै राक्सिराङ गाउपालिका वडा नम्बर ४ पन्जनी ६५ घरधुरिका करिब ८०० भन्दा बढी जनताले बिजुली बत्तीबाट लाभान्वित भएका छन् । गाउपालिका को ४ नम्बर वडाको आर्थिक सहयोगमा बिजुली बत्ती बल्न सफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*