दाउन्ने गुम्बाका ज्योमो हिसे छ्योग्याल्मोको सडक दुर्घटनामा मृत्यु

ताम्सालिङ खबर
५ बैशाख २०७८, आईतवार २०:४६

बैशाख, नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा बस दुर्घटना हुँदा दाउन्ने गुम्बाका प्रमुख ५७ वर्षीया बौद्ध भिक्षुणी हिसे छ्योग्याल्मोको सवारी दुर्घटनामा परेर निधन भएको छ ।

मकवानपुर बकैया गाउँपालिका–५ घर भई हाल नवलपरासीको दाउन्नेमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित ३ जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

नवलपरासी दाउन्ने गुम्बाका प्रमुख रहेकी बौद्ध भिक्षुणी छ्योइग्याल्मो नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय उपाध्यक्ष समेत रहेकी थिइन् । उनको निधनले मुलुकभर रहेका सिङ्गो अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ आवद्ध अनुयायी परिवार स्तब्ध बनेको छ ।

बुद्धका सन्देश र बौद्ध धर्म परम्परा जागरण अभियानमा बौद्ध भिक्षुणी छ्योइग्याल्मोको महत्वपूर्ण योगदान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*