बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, ४ बजे सपथग्रहण

तामसालिङ खबर
१५ बैशाख २०७८, बुधबार १२:३७

बैशाख, हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिवपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाँले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको र रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले जानकारी दिएको छ । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।

नयाँ मन्त्रीहरुको नाम भने अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन । दिउसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेतको नाम यसअघिनै चर्चामा थियो ।

राज्यमन्त्रीमा डा रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठ लगायतका रहनुभएको छ । अधिकारी धादिङ, कटुवाल सिन्धुली र श्रेष्ठ हेटौडाको हुनुहुन्छ । तीन वर्ष पुगेका सबै मन्त्राीलाइ मन्त्रिपरिषद्बाट विदा दिने निर्णय भएको स्रोतले जनाएको छ ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो ।

स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउनुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाइ बिहान १० बजे नै हेटाैँडा बोलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*