गिनीको सुन खानीमा पहिरो खस्दा १५ जनाको मृत्यु

तामसालिङ खबर
२६ बैशाख २०७८, आईतवार १५:१७

कोनाक्री – पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।

पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*