मकवानपुरमा थप १ सय ३४ जनालाई कोराना पुष्टी

तामसालिङ खबर
२६ बैशाख २०७८, आईतवार १६:५७

बैशाख, हेटौंडा – मकवानपुरमा आइतबार १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १ सय ७९ जनाको स्वास परीक्षणमा १ सय २८ जनामा र एन्टिजेन विधिबाट १८ जनाको परीक्षणमा ६ जना गरी १ सय ३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

संक्रमित मध्य हेटौँडा –४ मा सबैभन्दा धेरै ३० जना मानिस रहेको बताएका छन। यस्तै, हेटौंडा–५ मा १९, हेटौंडा–९ मा १७, हेटौंडा–२ मा १३ जनामा कोरोना संक्रमण देखा परेको छ । संक्रमित मध्य ५४ महिला र ८० पुरुष रहेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*