१० दिनअघि हराएको राप्ती ३ का सुजिताको शव फेला

तामसालिङ खबर
२० असार २०७८, आईतवार १८:३७

असार, चितवन – राप्ती नगरपालिका वडा नं ३ को सामुदायिक जंगलभित्र सुजिता भण्डारीको शव फेला परेको छ । ब्रम्हास्थानी सामुदायिक वन क्षेत्रको झाडीमा सडिसकेको अवस्थामा शव भेटिएको हो ।

भण्डारीको दिदि र भाईले शवको पहिचान गरि सुजिताकै भएको बताएका छन । आइतबार साँझपख जंगलमा च्याउ खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने शवलाई भरतपुर अस्पताल पठाइएको छ । भण्डारी अपहरणमा परेको दाबी परिवारले गरेपछि सो घटनाको केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धान गरिरहेको थियो । गत असार ११ गते बिहान ६ बजे नै साथीको घर जान हिडेकी उनी सोहि दिनदेखि हराएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*