बागमती प्रदेशसभा बैठक अनिश्चितकाल सम्मका लागि स्थगित
असार, हेटौडा – बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक पारित गरेको थियो ।
उक्त विधेयक पारित भएपछि १० मिनेट स्थगित गरी पुनः सञ्चालन भएको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

ताम्सालिङ खबर 




