राक्सिराङ वडा ६ मा ५ सय ९२ परिवारलाई राहत वितरण

तामसालिङ खबर
२९ असार २०७८, मंगलवार १८:२२

असार, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नं ६ का ५ सय ९२ परिवारका लागि राहत वितरण गरिएको छ । स्थानीय समाजसेवी तथा अभियान्ताहरुको पहलमा निषेधाज्ञा र बाढिपहिरोले समस्यामा परेकाहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।

न्यु लाईफ मिसन नेपाल, नवोदय मावि चितवन, द आर्ट अफ लिभिङ लगायत संघसंस्था मार्फत ३ चरणमा सो राहत वितरण गरिएको सामाजिक अभियन्ता बखत बहादुर चेपाङले जानकारी दिए ।

राक्सिराङ ६ का फरक-फरक गाउँ र टोलमा खाध्यान्न अभावको समस्या भोगिरहेका विपन्न परिवारका लागि राहत बाँडिएको उनले बताए । राहतमा चामल, दाल, तेल, नुनलगायत सामाग्री छन । समाजसेवी युवाहरु युसाई चेपाङ, दिनेश चेपाङलगायतको अगुवाईमा राहत संकलन तथा वितरण गरिएको हो ।

सोमबार पनि द आर्ट अफ लिभिङले ८० बोरा चामल, ८० लिटर तेल, १६० केजी दाल, ८० केजी नुन, १६० प्याकेट मस्यौरा, भुजा लगायत सामाग्री वितरण गरेका थिए । सो क्षेत्रमा चेपाङ, तामाङल, दलित समुदायको बसोबास छ ।

लामो समयसम्म निषेधाज्ञा र बर्षाको समयमा महामारीका कारण विपन्न समुदाय समस्यामा छन । राक्सिराङ ६ का वडा अध्यक्ष सिगंलाल प्रजाकै नेतृत्वमा राहत संकलन र वितरण समेत गरिदैँ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*