संक्रमण दर बढेपछि मकवानपुरमा निषेधाज्ञा कडाई गर्दै थप
साउन, हेटौँडा – मकवानपुर जिल्लामा जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । पछिल्लो केही दिन यता कोरोना संक्रमितको दर बढ्दै गएपछि निषेधाज्ञा एक साता थप भएको हो ।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । निषेधाज्ञा थपे सँगै बजार खुल्ने समय पनि परिवर्तन गरिएको छ ।
बिहान १० बजे सम्म खाद्यान्न सम्बन्धी व्यवसाय सञ्चालन हुने र अन्य व्यवसाय भने १२ बजे देखी ४ बजे सम्म सञ्चालन गरिने निर्णय भएको प्रशासनले जनाएको छ । अन्य निर्णय भने पुरानै यथावत रहेको प्रजिअ पाण्डेले बताउनुभयो ।






