मकवानपुरमा आजबाट निषेधाज्ञा कडाई, जोर बिजोर प्रणाली लागू
साउन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा आजबाट निषेधाज्ञामा पुनः कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आइतबारको बैठकले साउन ३२ गतेसम्म कडाईका साथ निषेधाज्ञा कायम गर्ने निर्णय गरिएको हो ।
कोरोना संक्रमितहरु बढेपछि जोखिम बढेको भन्दै सोमबारबाट जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । संक्रमणलाई बढ्न नदिन मास्क नलगाई हिड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गराउने समेत निर्णय गरिएको छ ।
त्यस्तै, पसल खुल्ने समय पनि घटाइएको छ । बैठकले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, माछा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गैरखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिने निर्णय गरेको छ । यसैगरि बैक तथा वित्तिय संस्थाहरु भने बिहान १० बजे देखी दिउँसो २ बजे सम्म संचालन गर्न अनुमति दिएको छ ।






