बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि सवारी सञ्चालनमा रोक
साउन, काठमाडौं – उपत्यकामा बिहिबार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने-‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।








