लागूऔषध नाईट्रोभेट सहित एकजना हेटौंडामा पक्राउ

तामसालिङ खबर
२६ श्रावण २०७८, मंगलवार ०९:५८

साउन, हेटौंडा – लागूऔषध नाईट्रोभेट सहित एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

सोमबार प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१०, भुटनदेवी मन्दिरमोडमा सुरक्षाजाँच गर्ने क्रममा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, महादेवस्थानका ३० वर्षीय मनिष ठकुरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रातोमाटेबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०२-०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीको साथबाट ५ हजार ४ सय ट्याब्लेट नाईट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।

ठकुरीलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*