म्याद गुज्रेको ३९ बोरा पोषण पिठो वाइसिएल मनहरीद्वारा बरामद

ताम्सालिङ खबर
२९ श्रावण २०७८, शुक्रबार १२:५२

साउन, हेटौडा (मनहरी) – मनहरी गाउपालिकाले चेपाङ्ग तथा लोपोन्मुख जातिका बालबालिकालाई कुपोषणबाट बचाउन स्वास्थ्य मन्त्रलायबाट सहयोग प्राप्त ‘पोषण पिठो’ वितरण नगरी कुहाई राखेको अबस्थामा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल मनहरी गाउ कमिटिले बरामद गरेको छ ।

मनहरी वडा नम्बर ९ मा एक व्यक्तिको घरमा लुकाई राखेको अबस्थामा ११७० किलो (३९ बोरा) ‘पोषण पिठो’ लुकाई राखेको सुचना पाएपछि वाइसिएल मनहरी गाउ कमिटीले पत्रकार सम्मेलन गरि बरामद पोषण पिठो आज सार्बजनिक गरिएको छ ।

गत असार मसान्तसम्म वितरण गर्नुपर्ने भएपनि म्याद गुज्रिएको अबस्थामा २ महिनासम्म व्यक्तिको घरमा लुकाई राखेको पाइएकोले पौष्टिक आहार वितरण कार्यक्रममा वितरणमा जिम्मेवारी गाउपालिका र सम्बधित फाटका कर्मचारीलाई छानबिन गरि कडा कारबाही गर्न वाइसिएल मनहरीले माग गरेको छ। अन्यथा कारबाही नभएको अवस्थामा वाइसिएल मनहरीले नै कारबाही गर्ने बिज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा वाईसिएल नेपाल प्रदेश कमिटी सद्स्य किरण मुक्तान, जिल्ला सचिवालय सदस्य दिपेन्द्र अधिकारी, मनहरी अध्यक्ष कृष्ण रुम्बा, उपाधक्ष ऋषी बर्तौला, इश्वर थापा लगायत मनहरीका स्थानीय पत्रकारहरु उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*