भालुबाङ पुगेर शहरी विकास मन्त्री चौधरीद्वारा पदभार ग्रहण

तामसालिङ खबर
३० श्रावण २०७८, शनिबार ०६:००

साउन, दाङ्ग – लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।

पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शालिकमा माल्यार्पण गरेका थिए । मन्त्री भएर चौधरी गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइँचो लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*