राप्ती खोलाले बगाउँदा एक पुरुष बेपत्ता
साउन, हेटौडा (मनहरी) – मनहरीको राप्ती खोलाले एक पुरुष बगाएको छ । राक्सिराङ ३ लावती घर भएका ४० बर्षीय हिरालाल वाइबालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
आइतबार बिहान च्याऊ खोज्न गएका उनलाई खोलाले बगाएको थापाले बताउनुभयो । खोलामा बगेका उनको खोजीकार्य गरिए पनि हालसम्म फेला परेका छैनन ।
अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको छ ।






