अफगानी राष्ट्रपति कार्यालय तालिवान विद्रोहीद्वारा कब्जा
साउन, काबुल – तालिवान विद्रोहीहरुले अफगानी राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।
आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर ताजकिस्तान तर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।
काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।






