बागमती प्रदेशसभाको बैठक भदौ १ गतेको लागि आह्वान

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार ०६:२०

साउन, हेटौडा – लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको हो ।

संसद सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी पनि छलफल हुने छ ।

गत साउन पहिलो सातामा चालू आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम बजेट पारित भए लगत्तै प्रदेशसभा बैठक स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*