वक्तृत्वकलामा विद्या सदनकी स्मिति गिरी प्रथम

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार २०:२२

भदौ, हेटौंडा – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्को आयोजनामा ‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ विषयकमा क्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश युवा परिषद्को आयोजना र हेटौंडा लेडी जेसीजको समन्वय आयोजित वक्तृत्वकला प्रतियोगिता मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मिति गिरी प्रथम भएकी   छिन् ।

त्यस्तै, तुलसी मेयर मेमरियल माध्यामिक विद्यालयका प्रमिश रानाभाट द्धितिय भएका छन् भने आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका कर्ण यादव तृतिय भएको हेटौंडा लेडी जेसीजको अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार पाँच सय र दुई हजार पाँच सय नगद सहित प्रमाण प्राप्त गरेका छन् ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थिती भएको प्रतियोगितामा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम हेटौंडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको थियो । अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*