अफगानि सरकारमा महिला सामेल हुनुपर्नेमा तालिवानको जोड

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार ०५:२१

भदौ, एजेन्सी – अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि अब बन्ने सरकारमा महिलालाई सामेल गर्नुपर्नेमा जोड दिएको छ ।

‘इस्लामिक इमिरेट्सले महिला पीडित भएको नचाहाने तालिवानको संस्कृतिक समितिका सदस्य इनामुल्लाह समानगानीले भनाइ राखेका छन्। इस्लामिक कानून अनुसार महिलाहरु सरकारमा सामेल हुनुपर्ने उनले बताएका छन् ।

अब बन्ने सरकार पूर्णरुपमा इस्लामिक नेतृत्वको हुने र सबै पक्षहरु त्यसमा समावेश हुने जनाइएको छ । यसैबीच तालिवानले आफ्ना लडाकुलाई आधिकारिक निर्देशिका जारी गर्दै मानिसहरुको घरमा नछिर्न निर्देशन दिएको छ ।

विशेषगरी काबुल सहरमा कसैलाई पनि मानिसहरुको घरमा नछिर्न तालिवानको सैन्य समितिका प्रमुख मुल्लाह याकूबले अग्राह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*