राप्तीमा बगेका वाइबाको शव चितवनको मेघौलीमा भेटियो
भदौं, हेटौडा (मनहरी) – गत साउन ३१ गते बिहान राप्ति खोलाले बगाएको हिरालाल वाइबाको शव चितवनको मेघौलीमा फेला परेको छ। च्याउ खोज्न हिँडेका साथिहरु सँग खोला तर्ने क्रममा राक्सिराङ-३ लावती स्थायि घर भई मनहरी –८ सिमपानी बसोबास गर्ने वाईबालाई बगाएर हो ।
कम्मरमुनिको भाग नै क्षत बिक्षत अबस्थामा भेटिएको र केही मिटर दुरीको फरकमा खुट्टा चुँडिएर रहेको अबस्थामा शब फेला परेको चितवन प्रहरीले जनाएको छ ।
वाइबाको शव भेटिएसँगै परिवारले चितवन प्रहरीलाई जाहेरी दिएको र पोष्टमार्टम गरी परिवारले बुझेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । राक्सिराङ ३ लावती घर भए पनि वाइबा मनहरी गाउँपालिका ८ सिमपानी बस्दै आएका थिए ।






