अपहरणमा परेका हेटौंडाका दुई युवकलाई उद्दार

तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार १७:३३

भदौ, हेटौडा – अपहरणमा परेका हेटौडाका २ जना युवकको सकुसल उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ ।

मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर-९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष २२ को पवन रानामगरलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको हो ।

उनीहरु भदौ ३ गते राति ९ः ३० बजे हेटौंडा बसपार्क क्षेत्रबाट अपहरणमा परेका थिए । श्रेष्ठ र राना मगरलाई ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर भारतको मोतिहारी सम्म पुर्याएका थिए । त्यसपछि उनीहरुलाई त्यहाँ बन्धक बनाइएको थियो ।

अपहरणकारीले उनीहरु संग प्रतिव्यक्ति ५ लाख भारु फिरौती माग गरेका थिए । फिरौती नपाए मृगौला बेचिदिने भन्दै यातना दिएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान समेत भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*