मनहरी ७ को वडा कार्यालय भवन निर्माणमा ठेकेदारको लापारबाही

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १८:४७

भदौं, हेटौडा (मनहरी) – मनहरी गाँउपालिका वडा नम्बर – ७ को निर्माणाधिन प्रशासनिक भवन मापदण्ड विपरीत निर्माण भइरहेको नेपाल बिजुली पेन्टर, प्लम्बर तथा मजदुर युनियन मनहरीले आरोप लगाएको छ ।

शनिबार मजदुर युनियनका अध्यक्ष गोविन्द ग्लान र पुर्व उपाध्यक्ष बिक्रम थिङ सहितको टोलि निर्माण स्थल पुग्दा ठेकेदार पक्षले मापदण्ड विपरीत काम गरिरहेको पाएको मजदुर नेता बिक्रम थिङ काजुले बताउनु भयो । तेस्रो तल्ला ढलान कार्यका लागि शनिबार अन्तिम तयारी गर्दै थिए ।

मापदण्ड विपरित काम हुन थाले पछि युनियनका अध्यक्ष ग्लान र पुर्व उपाध्यक्ष थिङले निर्माण कार्यलाई बन्द गरिदिएको थियो । अनुगमनको क्रममा ढलानका लागि तयारी अबस्थामा राखिएको सिंगल जालीमा स्ल्याब कभर नहालिएको, पिल्लरको डण्डीको ल्याब ३० ईन्च हुनु पर्नेमा १८ ईन्च मात्र भएको, बिम कभर ४ ईन्च हुनु पर्नेमा त्यो पनि नभएकोे , पिल्लर लेभलमा नभएको जस्ता कमजोरी पाएको युनियनका पुर्व उपाध्यक्ष बिक्रम थिङले बताउनु भयो ।

थिङका अनुुसार गल्तीलाई स्वीकारी मापदण्ड अनुसार काम गर्ने प्रतिबद्धता नगरिए सम्म सबै काम ठप्प पारिने बताउनु भयो । यता निर्माण कम्पनि रत्न कुमार एण्ड सन्स विल्डर्सका सञ्चालक हरि मुक्तानले काम गर्ने क्रममा सामान्य गल्ती भएको र यसलाई सुधार गरि काम गरिने बताउनु भयो । – बुलबुल खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*