अमेरिका र बेलायत भन्छन, – काबुल विमानस्थल आसपासमा सुरक्षा जोखिम बढ्यो

तामसालिङ खबर
१० भाद्र २०७८, बिहीबार ०६:०४

भदौं, एजेन्सी – अमेरिका र बेलायतले सुरक्षा जोखिम बढेको भन्दा आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट पर रहन आग्रह गरेका छन् । सुरक्षा जोखिम बढेको भन्दै उनीहरुले काबुल विमानस्थल तर्फको यात्रा सकेसम्म नगर्न भनेका हुन् ।

हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भत्रि अफगानिस्तान छोड्ने चाहमा विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् ।

अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा गए यता काबुलबाट ८२ हजार भन्दा बढी मानिसको उद्धार भएको छ ।अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना नागरिकलाई अगस्ट ३१ को समय सीमा भित्र उद्धार गर्न वा फिर्ता लैजान हतारो गरिरहेका छन् ।

तालिबानले सैन्य अभियान वा विदेशी सेना फिर्ताको समय सीमा अगस्ट ३१ भन्दा पछि धकेल्ने योजनाको विरोध गरिरहेको छ । तर त्यसपछि पनि विदेशी तथा देश छोड्न चाहने अफगानीहरुलाई जान दिने बताएको अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले बताएका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले बुधबार जारी गरेको सूचनामा काबुल विमानस्थलको एबी गेट, इस्ट गेट र नर्थ गेटमा पर्खिरहेकाहरुलाई तत्काल त्यहाँबाट अन्यत्र जान भनिएको थियो । त्यसअघि बेलायतले सोही प्रकृतिको सूचना जारी गरेको थियो । बेलायतले सुरक्षित स्थानमा भएर अर्को सूचना पर्खिन भनेको हो । अमेरिका र बेलायतले सुरक्षा चुनौतिबारे कुनै थप जानकारी भने दिएका छैनन् ।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सम्बोधनको क्रममा अफगानिस्तानमा रहेको इस्लामिक स्टेट ९आइएस० का कारण बढ्दै गएको जोखिमका कारण अमेरिकाको नियन्त्रणमा रहेको हवाई उद्धार अभियान जति सक्दो चाँडो सम्पन्न गरेको राम्रो हुने बताएका थिए ।

पछिल्लो २४ घण्टामा अमेरिकाले व्यवस्थापन गरेका विमान मार्फत १९ हजार मानिसको उद्धार भएको छ । पछिल्ला दिनहरुमा हवाई उद्धारको क्रम तीव्र भएको विदेश मन्त्री ब्लिंकेनले बताएका छन् । उद्धार अभियान अगस्टको अन्तिमसम्ममा सक्ने मार्गमा अमेरिका रहेको उनले बताए । देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*