काबुल विस्फोटमा ६० जनाको मृत्यु

तामसालिङ खबर
११ भाद्र २०७८, शुक्रबार ०७:४९

भदौं , एजेन्सी – अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बिबिसीले उल्लेख गरे अनुसार विस्फोटमा चार सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ ।

घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*