एसईइमा ए प्लस ल्याउने भीमफेदीका विद्यार्थीलाई सम्मान

तामसालिङ खबर
१२ भाद्र २०७८, शनिबार ०६:१९

भदौं, हेटौंडा (भीमफेदी) – अखिल क्रान्तिकारी भीमफेदी गाउँपालिकाद्धारा एसइईमा ए प्लस प्राप्त गरेका २९ जनालाई सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी भीमफेदी गाउँपालिकाका अध्यक्ष सफल बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका सदस्य रन्जित राना रहेका थिए । भीमफेदी गाउँपालिका अन्तर्गतका विद्यालयहरुका ए प्लस ल्याउने विद्यार्थीलाई खादा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवण कुमार बर्तौला, सह-सचिव झलक छत्कुलि जिल्ला कमिटि सदस्य छोईसाङ लामा लगायतको उपस्थिती रहेको   थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*