माडीको चेपाङ बस्तिमा बाढी पस्यो
भदौं, चितवन – चितवन जिल्लाको माडीको परुईखोला किनारमा रहेको चेपाङ बस्ति डुबानमा परेको छ । बिहिबार साँझ देखि परेको अविरल वर्षातका कारण परुई खोलामा बाढी आए पछि खोला किनारमा रहेको चेपाङ बस्ति डुवानमा परेको हो ।
माडी-७ परुई किनारका १२ चेपाङ परिबारको घर डुवानमा परेको हो । डुवानका कारण केहि खाद्यन्न सामाग्री बाहेक अन्य मानविय क्षति भएको छैन । परुईखोलबाट बस्तिमा बाडि पसे पछि स्थानियबासिहरु सुरक्षित स्थानमा बसिरहेका छन ।
त्यस्तै, मध्यपूर्वी माडीकै टुनामुना खोलामा आएको बाढीले निर्माणाधीन पुलको सेन्ट्रिङका सामान र काठहरु बगाएको छ । बाढीले पुल निर्माणस्थलमा कटान गरेको माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।






