मनहरी-२ मा ७ घरपरिवारलाई सोलार वितरण
भदौं, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर २ का ७ घर परिबारलाई अनुदानमा प्राप्त सोलार वितरण गरिएको छ ।
बिद्युत बिस्तार नभएको २ नम्बर वडाको ७ घरपरिबारलाई अनुदानमा २० वाटको सोलार वितरण गरिएको २ नम्बर वडाका अध्यक्ष आनन्द घलानले बताउनु भयो ।
संघिय सरकारबाट प्राप्त उक्त सोलार सोमबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो । वितरण कार्यक्रममा वडा अध्यक्ष आनन्द घलान, वडा सदस्य चन्द्र बहादुर स्याङबो, नेकपा माओबादी केन्द्र मनहरी गाँउपालिका ईन्चार्ज राजकुमार पाख्रिन, २ नम्बर सह-इन्चार्ज हिरालाल स्याङतान लगाएतका उपस्थीत रहेका थिए ।






