बैदेशिक रोजगारीबाट फर्केका थापाले सञ्चालन गरे, व्यवसायिक मासु पसल

तामसालिङ खबर
१६ भाद्र २०७८, बुधबार ०९:१६

भदौं, हेटौडा (मनहरी) – मकवानपुर मनहरीका एक युवाले बैदेशिक रोजगारबाट फर्केर माछा-मासु ब्यवसाय थालनी गरेका छन ।

बैदेशिक रोजगारका लागि कतार पुगेका मनहरी-९ ज्यामिरेका ईश्वर थापाले आफनो ५ वर्षे बैदेशिक रोजगार यात्रालाई विट मारी नेपाल फर्के पछि ब्यवसायिक रुपमा मासु तथा माछा ब्यवसाय सुरुवात गरेको हो ।

हाल उनले मनहरी-७ एस एन्ड टि राई मार्केटमा ‘टिकटक फ्रेस मासु पसल’ नामक ब्यवसाय दर्ता गरि पसल सञ्चालनमा ल्याएका छन । आगामी दिनमा बैदेशिक रोजगारमा नफर्किने हेतुले आफ्नै ठाँउमा कडा मेहनत गरि ब्यवसाय सञ्चालन गरिने ब्यवसायि थापाले बताए ।

बिदेशी भुमिको दुखले आफुलाई पाठ सिकाएको बताउदै ब्यवसायि थापाले गर्न सके आफ्नै गाँउ ठाँउमै प्रशस्तै आर्थिक उपार्जन गर्न सक्ने सम्भावना रहेको बताए । थापाको पसलमा खसिको मासु , लोकल ताजा तथा सुकेको माछा , लोकल तथा लोटन कुखुरा पाईन्छ ।

सुरुवाती चरणमा हाल उनको पसलबाट माछा र मासु गरि १ सय केजि भन्द बढिको ब्यापार हुने गरेको छ । थापाले बिदेशमा जान तयारीमा रहेका युवाहरुलाई स्वादेशमै केहि गर्न सुझाब दिए । मेहनत, ईच्छ शक्ति र निरन्तरता भएमा बिदेशमा भन्द्र स्वदेशमा मनग्य पैसा कमाउने सम्भावना रहेको बताए । थापा हाल बिभिन्न सामाजिक संघसस्थामा आबद्ध भई समाज सेवामा पनि क्रियशिल रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*